गणतन्त्र दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दामोदर पौडेल, बागलुङ २०७४ जेठ १४ । गणतन्त्र दिवस २०७४ को अवसरमा जिल्ला शिक्षा कार्यालय बागलुङको संयोजनमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

गणतन्त्रको संस्थागत विकासमा विद्यार्थीको भुमिका विषयक सो वतृत्वकला प्रतियोतामा १५ विद्यालयका २४ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

सो प्रतियोगितामा अमर माध्यमिक विद्यालयकी छात्रा चन्द्रा कँडेल प्रथम, धवि माविका छात्र अरुण कोइराला व्दितिय, अमर माध्यमिक विद्यालयका छात्र पुर्णश्वर कँडेल तृतिय, अमृत आदर्श वोर्डिङ स्कुलका छात्रा सदीक्षा पन्तले सान्तवना स्थान हासिल गरेको कार्यक्रमका संयोजक विद्यालय निरिक्षक प्रकाश ओझाले जानकारी दिए ।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला समन्वय समिति बागलुङका सचिव रामप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन विनि प्रकाश ओझाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *