बानपा-११ रायडाँडामा नवनिर्वाचित प्रतिनिधीहरुबाट पदभार ग्रहण

बागलुङ २०७४ जेठ १४ । बागलुङ नगरपालिका वडा ११ बाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा वडावासीहरुले वडाध्यक्ष ज्ञानेन्द्र गौतम लगायत अन्य सदस्यहरुको स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।

बानपा ११ वडा कार्यालयको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरिएको हो । स्वागत कार्यक्रममा बोल्दै साविकको गाविस सभापति एवं नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले जनताको चाहना अनुसार अव विकास हुने बताए । उनले जनप्रतिनिधिहरुलाई वडाको विकास निमार्णमा सहयोग र साथ दिन सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा नवनिर्वाचत वाडअध्यक्ष ज्ञानेन्द्र गौतमले अवको विकास स्थानीय तहबाट हुने हुदा चौतर्फी रुपमा नमुना बनाउन आफु लाग्ने बताए । उनले वडामा देखिएका र आवश्यक पर्ने जुन कुनै विकासका काममा आफुले महत्वपुर्ण भुमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका अमृत सुवेदी, नेकपा एमालेका दलबहादुर थापा, राजमोका कोपिलामणी शर्मा, राप्रपाका गोविन्द बहादुर थापा, बिद्यालयको तर्फबाट प्रअ लक्षुमण लाल, जनजाति संजाका पदम थापाले बोलेका थिए ।

वडा सचिव नारायण पौडेलको अध्यक्षता, प्राविधिक सहायक रुकम थापाको स्वागत र चिरन्जीवी केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *