ताराखोलाका नवनिर्वाचित प्रतिनिधीहरुलाई जनप्रेम मावि भुस्खातव्दारा स्वागत

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ जेठ १४ । ताराखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्ष सहित वडा अध्यक्ष तथा सदस्यहरुलाई जनप्रेम माध्यमिक विद्यालय अमरभुमि १ भुस्कातले आईतबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश घर्तीले जनप्रेम माध्यमिक विद्यालय सामुदायिक विद्यालयबाट उदाहरणीय काम गरि देश विदेशमा चर्चा कमाएको विद्यालयबाट आफु सम्मानित हुन पाउँदा खुसी लागेको बताउदै विद्यालयको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसै गरि उपाध्यक्ष दिलकुमारी पुन रोकाले आफ्नो तर्फबाट हुने सहयोग गर्ने विश्वास दिलाएकी थिईन् ।

कार्यक्रम वडा१ का अध्यक्ष यम श्रीस, शिक्षक अभिभावक संघका संयोजक ईन्द्रधोज भण्डारी, जनप्रेम माविका प्रधानध्यापक नईन्द्र बहादुर गुरुङ वडाका निर्वाचित सदस्य गौरी गुरुङ ,रोमा विक, खड्क बहादुर घर्ती, खगेन्द्र छन्त्याल लगायतले बोलेका थिए।

कार्यक्रम पुर्णबहादुर गुरुङको अध्यक्षता लालमणि श्रीसको स्वागत र भोजबहादुर छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *