परिसूचनको हाजिर जवाफ प्रतियोगिता सम्पन्न

बागलुङ २०७४ जेठ १४ । परिसूचन वालक्लव जैमिनी १० राङखानी नेवारेले आइतबार हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा नयन घर्ति र अपसरा घर्तिको समुह प्रथम भएको छ ।

त्यस्तै पूर्णबहादुर घर्ति र मधुघर्ति नेतृत्वको समुह द्धितिय हुनुका साथै निशान घर्ति र अञ्जान घर्तिको समुह तृतिय भएको परिसूचन साप्ताहिक पत्रिकाका कमल रानाले बताए ।
परिसूचन वालक्लवका अध्यक्ष सन्तोष घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ललिता घर्तिले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *