मुसिकोट ६ का अध्यक्ष प्रत्यासी खड्काव्दारा पारिश्रमिक सामाजिक कार्यमा खर्चिने घोषणा

कमल पौडेल, गुल्मी २०७४ जेठ १४ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाका अध्यक्षका उमेद्वार खड्क वहादुर खड्काले निर्वाचित भए राज्य श्रोतवाट प्राप्त गर्ने सवै सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन् ।

खड्काले आफुले प्राप्त गर्ने भत्तावाट दलित, जनजाती, तथा विपन्न परिवारका बालवालिकालाई शैक्षिक सामाग्री र पोशाक उपलब्ध गराउने तथा असहाय महिला र वालवालिकालाई सहयोग हुने गरि रकम खर्चगर्ने वताएका हुन् ।

नेकपा एमालेको तर्फवाट वडा अध्यक्षका प्रत्यासी खड्काले कुर्घाको सम्वृद्धिको योजना समेत छिट्टै सार्वजनिक गर्ने वताएका छन् । खड्काले विगत लामो समय देखि विभिन्न सामाजिक संस्थाहरुमा अगुवाई गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *