काठेखोलामा पराजीत नेपाली काँग्रेसका उम्मेदवार जनताको घरदैलोमा

बागलुङ २०७४ जेठ १४ । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी प्रतिनिधिहरु स्वागत र सम्मान ग्रहणमा व्यस्त रहेको अवस्थामा बागलुङ जिल्लाको सदरमुकाम संग जोडिएको काठेखोला गाउपालिकाको प्रमुख र उपप्रमुख पदमा पराजीत उमेदवारहरु गाउपालिकाका जनताहरुका घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गरिरहेका छन् ।

यसरी पराजयको पीडालाई बिर्सिएर नेपाली काँग्रेसबाट काठेखोला गाउपालिकामा प्रमुख र उपप्रमुख पदका उमेदवार बनेका होमबहादुर हमाल र ज्ञानकुमारी श्रीस शर्मा सो गाउपालिकाका विभिन्न वडाहरु पुगी मतदाता एवं स्थानीयवासीलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरिरहेका छन् ।

उनीहरुले मतदाताहरु समक्ष स्थानीय जनताले व्यहोर्नु परेका समस्याबारे छलफल समेत गर्ने गरेका र आफुहरुले स्थानीयवासीको समस्या समाधानमा गर्न कृतसंकल्प रहने विश्वास समेत दिलाएका छन् ।

काठेखोला गाउपालिकामा साविकको पाला, भीमापोखरा, धम्जा, तंग्राम, रेश, बिहुँ, लेखानी गाविसरु समावेश छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *