गत बर्षको बाढीले बगाएको अधिकारीचौर सुब्जागाउँको कुलोको आंशिक निर्माण

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ १४ । ढोरपाटन नगरपालिका—६, सुब्जागाउँमा गत बर्षको बाढीले बगाइदिएको सिँचाई कुलो पुनः निर्माण गरिएको छ ।

सांसद नरबहादुर पुनमगरको सांसद विकास कोषबाट छुट्टिएको रु २ लाख र जिल्ला कृषि विकास कार्यालयबाट विनियोजित रु १ लाख १३ हजारको लागतमा उक्त सिँचाई कुलो निर्माण गरिएको हो ।

गत बर्षको साउन महिनाको १० र ११ गते आएको बाढीको कारण साविकको अधिकारीचौर गाविसका धेरै खेतीयोग्य जमिन बगाउनुका साथै सिँचाइ कुलो समेत बगाएको थियो । सुब्जागाउँका करिब २० घरका स्थानीयहरुले भोगचलन गर्दै आएका करिब ४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको लागि प्रयोग हुने कुलो बगााइदिएपछि अहिले ती खेतहरु बाँझो अवस्थामा छन् ।

बाढीले ५ सय मिटर कुलो पुर्णरुमा क्षती गरेको थियो । अहिले १०० मिटर मर्मत गरिएको छ भने बाँकी ४ सय मिटर कुलो आगामी बर्षका बजेटबाट निर्माण गरिदै जाने निर्माण समितिका अध्यक्ष दलबहादुर घर्तिमगरले जानकारी दिए ।

विगतका बर्षहरुमा यो समयमा आफ्नो खेतमा आलु, प्याज, लसुन लगाएर तरकारी किन्न पैसा खर्च गर्न नपरेको तर यो बर्ष सिचाइको व्यवस्था नभएको कारण धेरै खेतहरु बाँझो भएको स्थानीय देउकुमारी घर्तिमगरको दुखेसो थियो ।

आसपासका कतिपयहरुले भने मोटरको प्रयोग गरेर नजिकैको भूजिखोलाबाट सिंचाइको व्यवस्था गरी हिउँदे बाली लगाएका छन् । बर्षे सिजनमा धान रोप्ने खेतमा भने धेरैजसोले चैते मकै लगाएका छन् । कतिपयको खेत त्यस स्थानमा धेरै जसो जग्गा जमीन अहिले बाँझो अवस्थामा छ । सरकारी तहबाटै ठूलो रकम विनियोजन नभएसम्म तत्काललाई कुलो निर्माण गर्न असम्भव भएको स्थानीयहरु बताउँछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *