प्रवास : नेपाली महिला समाज, कतारको आयोजनामा हमाद हस्पिटलमा रक्तदान कार्यक्रम

उद्धव मगर, दोहा कतार २०७४ जेठ १४ । गत मे २६ तारिखका दिन कतारमा रहेको एकमात्र गतिशिल नेपाली महिला समाजले समाजको पाँचौ वार्षिकोत्सवको उपलक्षमा कतारको सरकारी हस्पिटल हमादमा रक्तदान शिविर सम्पन्न गरेको छ । नेपाली महिला समाज, कतारले आयोजना गरेको यस रक्तदान कार्यक्रममा कतारमा रहेको विभिन्न वैचारिक संगठन लगाएत जिल्ला संगठनहरुको पनि उल्लेख्य उपस्थित रहेको थियो ।

यस कार्यक्रममा उपस्थित ८१ जनाले रक्तदान गरेका थिए । सो रक्तदान कार्यक्रममा सहभागी अन्य ४० जना सदस्यहरुले भने कारणवस रक्तदान गर्न पाएनन् ।

नेपाली महिला समाजका वर्तमान अध्यक्ष सुस्मिता भट्टराईले रक्तदान कार्यक्रमका बारेमा बोल्दै हामीले गरेको रक्तदानबाट यदि कसैको जीवन बच्न सक्छ भने हामीले किन रगत दान नगर्ने ? भन्ने प्रतिप्रश्न गर्दै कतिपय विरामीहरु रक्तको अभावले भौतारी रहेको अवस्थामा हामीले गरेको रक्त भण्डार त्यसवेला ठूलो सहयोग हुने सोचले यस कार्यक्रम आयोजना गरेको वताईन् ।

यस रक्तदान कार्यक्रममा यस महिला समाजका सक्रिय सदस्यहरुको पनि त्यति नै सहयोग रहेको छ र त्यति नै खटेका छन् । रक्तदान कार्यक्रममा सक्रिय रहने महिला सदस्यहरुमा वर्तमान अध्यक्ष सुस्मिता भट्टराई, प्रथम उपाध्यक्ष अमिना खान, द्धितिय उपाध्यक्ष जानुका बस्नेत(खड्का) वर्तमान महासचिव अम्बिका खत्री, कोषाध्यक्ष मिना गैरे, सह–कोषाध्यक्ष हिलेरी राई (तामाङ्ग) सदस्य रेणुका कार्की, कमला गुरुङ्ग, सन्जु सुन्दास, समाज सेवी तथा व्यवसायी माया के.सीको नाम अग्रपंक्तिमा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *