मल्ममा विजयी प्रतिनिधीहरुको सम्मानमा भेटघाट तथा चियापान कार्यक्रम

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ १३ । नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मले शनिवार चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नव निर्वाचित ताराखोला गाउँपालिकाका प्रमुख प्रकाश घर्तीले अबको विकास वैज्ञानिक तवरबाट गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार डा दीन बहादुर थापाले शुभकामना र गलकोट नगरपालिका वडा नं ७ का नव निर्वाचित अध्यक्ष सुवेदार टिका बहादुर थापाले प्रतिवद्वता सहितको धन्यवाद मन्तव्य दिएका थिए ।

भेटघाट कार्यक्रममा शहिद विष्णु थापाको परिवारको तरफबाट दिदी सावित्रा खडकालाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय प्रतिनिधि, क्षेत्रिय प्रतिनिधी, जिल्ला प्रतिनिधी, गलकोट नगरपालिका ६ र ७ का विजयी प्रतिनिधी, समाजसेवी, बुद्विजीवी, कार्यकर्ता, शुभेच्छुक लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, सचिव ललित मरासिनीको स्वागत र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै दलित सञ्जाल गलकोट नगरपालिका ७ र ९ को आयोजनामा स्थानिय तहको निर्वाचनमा विजयी दलित जनप्रतिनिधीहरुलाई आगाँखेतमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।

कार्यक्रममा वडा नं ७ बाट विजयी जनप्रतिनिधि मिना दर्जी, पदमा नेपाली र वडा नं ९ बाट विजयी दलित महिला सदस्य तिल कुमारी विश्वकर्मालाई स्वागत तथा सम्मान एवं बधाई ज्ञापन गरिएको छ ।

कार्यक्रम दलित सञ्जालका अध्यक्ष ललित मरासिनीको अध्यक्षता, भक्त बहादुर विश्वकर्माको स्वागत र सचिव जीवनज्योति विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *