बाईसजाँगरमा राजयोग प्रशिक्षण केन्द्रको नयाँ भवन शिलान्याश

तनहुँ,२०७४ जेठ १३ । ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र उपशाखा बाईसजाँगरको नयाँ भवनको एक भव्य समारोहका बीच भानु नगरपालिका मेयर उदयराज गौली र ब्रह्माकुमारी ईश्यवरीय विश्व विद्यालय पश्चिम नेपालका निर्देशक राजयोगीनी परिनीता दिदीव्दारा आज संयुक्त रुपमो शिलान्यास गरिएके छ ।

सो अवसरमा बोल्दै मेयर उदयराज गौलीले समाजलाई सकारात्मक बाटोमा लैजानीको लागि समाजमा आध्यात्मिक भावनाहरुलाई विकाश गर्नु पर्ने बताए ।

राजयोगिनी परिनीता दिदीले यस बन्न गईरहेको भवनमा मानवको मनलाई सफा गर्ने कार्य गरिने उल्लेख गरिन ।

राजयोगी ब्रह्माकुमार शैलेषराज बराल, चिनु पोखरेल, ब्रह्माकुमारी अप्सारा, राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कर्मको फल नामक नाटक पनि प्रस्तुत गरिएको थियो । नाटकमा सीताराम भण्डारी, ब्रह्मकुमारी रेश्मा, ब्रह्माकुमारी कमला, रेखा श्रेष्ठ, प्रकाशको अभिनय रहेको थियो ।

सो निर्माणाधीन भवनलाई पोखरा, दमौली, गोरखा, लमजु¨ आदि ठाउँहरु बाट आएका ब्रह्माकुमार ब्रह्माकुमारी एवं अन्य महानुभावहरुबाट करीब १५ लाख रुपौया अर्थ संकलन भएको थियो ।

ब्रह्माकुमारी ईराको सभापतित्वमा भएको सो कार्यक्रममा ब्रह्माकुमारी ईन्दिराले स्वागत रे कार्यक्रमको संचालन ब्रह्माकुारी रश्मीबाट भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *