जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७४ जेठ १३ । आफ्नै घरमा काम गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ ओम शान्ति चोकस्थित माउन्टेन टिभिमा अफ द विट कार्यक्रम संचालक ४५ वर्षीय केदार कोइरालालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विगत ३ वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको भनि पीडित बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्था मार्फत महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दरखास्त सहित उपस्थित भए पश्चात प्रहरीले कोइरालालाई उनकै घरबाट नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *