अपडेट: लुक्लामा गोमा एयरको कार्गौ विमान दुर्घटना, क्याप्टेन राईको मृत्यु

काठमाडौं, २०७४ जेठ १३ । काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमको कारण खुम्बु पासाङल्याहमु गाउँपालिका–२ स्थित लुक्ला एयरपोर्टमा अबतरण गराउने क्रममा शनिबार रनवेबाट करीव २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्याहमु निकेल निकील अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन श्रीजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल बोल्न सक्ने अवस्थामा रहेकी एयर होष्टेज प्रज्ञा महर्जनलाई थप उपचारको लागि डाइनेष्टीक हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीको कारण छुप्लुङमा आकस्मिक अवतरण भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *