माईक्रो दुर्घटनामा घाईते माओवादी केन्द्रका नेता केसीको नर्भिकमा उपचार हुँदै

बागलुङ २०७४ जेठ १३ । हिँजो शुक्रबार बागलुङ बजारदेखी काठमाडौँलाई छुटेको बा ४ ख ११७५ नम्बरको माईक्रोबस तनहुँको डुम्रे नजिकै दुर्घटना हुँदा नेकपा माओवादी केन्द्रका नेता एवं प्रचार विभाग प्रमुख कृष्ण बहादुर केसी समेत गंभीर घाईते भएका छन् । उनको हाल काठामाडौँ स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।

सो दुर्घटनामा चालक नरबहादुर थापा सहित एक महिलाको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भैरहेको छ । सो दुर्घटनामा माईक्रोमा सवार ११ जना यात्रु घाईते भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *