जिज्ञासुको पहिलो कृति ‘विकल्प छैन कसैको’ सार्वजनिक गरिदै

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७४ जेठ १३ । ताराखोला गाउपालिका ३ हिलकी सविता खत्री ‘जिज्ञासु’ले आफ्नो पहिलो साहित्यिक कृति ‘विकल्प छैन कसैको’ सार्वजनिक गदैँछिन् । मुक्तक र गजललाई एउटै पुस्तकमा समावेश गरि पुस्तकाकृति (गजल मुक्तक संग्रह) तयार पारेको जिज्ञासुले बताईन् ।

उनले आफ्नो जन्मदिनको अवसरमा गल्कोट नगरपालिका हटियामा गुराँस राष्ट्रिय विभिड पत्रिकाको आयोजना र प्रेस सेन्टर ताराखोला गाउपालिकाको सह अयोजनामा आजै शनिवार विमोचन गर्ने तयारी रहेको जानकारी दिईन् ।

पुस्तकमा माया, प्रेम तथा जन्मभूमिको बारेमा लेखिएका रचनाहरु संग्रहित छन् । गजलकार जिज्ञासु सन्चारक्षत्रमा क्रियाशील छिन । उनी प्रेस सेन्टर ताराखोलाकी सहसचिव हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *