बागलुङमा लागु औषध सहित एक युवक पक्राउ

बागलुङ, २०७४ जेठ १२ । पर्वत जिल्ला नाङलीवाङका एक युवकलाई नियन्त्रित लागु औषध डाईजेपाम सहित मालढुंगा प्रहरी चौकीले पक्राउ गरेको छ ।
नाङलीवाङ ९ का २९ वर्षिय राजकुमार केसीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारागन ३० एम्पुल, नुर्फिन ३० एम्पुल सहित बागलुङ नगरपालिका १ रामरेखा बागलुङ पोखरा सडक खण्डबाट प्रहरी चौकी माल्ढुङगाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *