सातसय बगाले थापा समाजव्दारा स्वागत

गल्कोट २०७४ जेठ १२ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधी बन्धुहरुलाई शुक्रवार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विजयी उमेदवारलाई फूलमाला,अविर र खादाद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, सदस्य दल बहादुर थापा र लोक बहादुर थापाले प्रतिवद्वता सहितको धन्यवाद मन्तव्य राखेका थिए । बधाई कार्यक्रममा समाजका उपाध्यक्ष ज्ञान बहादुर बहादुर थापा, सदस्य चित्र बहादुर थापा, हुम बहादुर थापा, गुञ्ज बहादुर थापा, शान्त थापा, शिक्षक तुल बहादुर थापा, केन्द्रिय प्रतिनिधी छुम बहादुर थापा र समाजका पूर्व सहसचिव पत्रकार थम्मन थापा सन्देशले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा विजयी उमेदवार, थापा समाजका केन्द्रिय प्रतिनिधी क्षेत्रिय प्रतिनिधी, थापा बन्धुबान्धवहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *