विद्यार्थीको सक्रियतामा गारेटो बाटोको मरमत पछी स्थानीयव्दारा प्रशंसा !

थम्मन थापा सन्देश गल्कोट, २०७४ जेठ १२ । वर्खायाम सुरु भए सॅगै बिग्रेको गोरेटो बाटो गलकोट नगरपालिका ७ मल्ममा मर्मत गरिएको छ । ज्यामिरे खोला देखि जनहित माध्यमिक विद्यालय जोडने करिब ५० मिटर गोरेटो बाटो जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सामुहिक रुपमा मर्मत गरेको प्रधानाध्यापक विष्णु प्रसाद गौतमले जानकारी दिए ।

केहि दिन देखीको लगातार परिरहेको वर्षाका कारण उक्त गोरेटो बाटो माथिबाट खनिएको सडकको ढुङगा माटो सहितको गेग्रेटो झरेर हिडनलाई समेत कठिनाई भएको थियो ।

सडक मर्मत पछि आवतजावत र पशु चौपायाको लागि सहज भएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाले बताए । गोरेटो बाटो मर्मत पछि विद्यार्थीहरुले सामाजिक क्षेत्रमा पुराएको योगदानको स्थानियले प्रशंसा समेत गर्न थालेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *