दुई हप्ता देखि बन्द निसीखोला लघु जल विद्युत आयोजना आज सुचारु हुने

डम्मर बुढा मगर, बुर्तिबाङ २०७४ जेठ १२ । निसीखोला गाउँपालिकाको वडा न ४ मा रहेको निसीखोला दोस्रो लघु जल विद्युत आयोजना गत बैशाख २३ देखि अवरोध हुदा करिब ११ सय घरधुरीका उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएका छन । विद्युत पावर हाउसमा भएको जेनेरेटरको बेरिङमा खराबी पछि विद्युत अवरोध भएको हो ।

उक्त मर्मतको लागि बुटवलबाट सामान लिएर मर्मत गर्न ढिलाइ भए पछि उपभोकता अँध्यारोमा बस्न बाध्य भएका हुन । विद्युत अवरोध हुँदा त्यहाँ रहेका फर्निचर उद्योग,कुखुरा फारम लगाएतका एक दर्जन भन्दा बढि साना उद्योगहरु ठप्प भएका छन । आज साँझ सम्म मर्मत गरि विद्युत सुचारु हुने आयोजनाका अध्यक्ष तारानाथ पौडेल जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *