नवनिर्वाचित जनप्रतिनिधीहरुलाई मल्ममा स्वागत एवं बधाई कार्यक्रम जारी

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ १२ । गलकोट नगरपालिका वडा नं ७ बाट स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई प्रगति आधारभुत विद्यालय मल्मले विहीवार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विजयी जनप्रतिनिधिलाई फूलमाला,अविर र खादाद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र सदस्य लोक बहादुर थापाले वडामा शौक्षिक क्षेत्रको विकास र स्तरवृद्विको निम्ति आफूहरु सदैव लागिरहने प्रतिवद्वता सहितको धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भनें प्रधानाध्यापक नगेन्द्र बहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार छुम बहादुर थापाले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विजयी उमेदवार, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य टिका बहादुर थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका सदस्य जमुना गौतमको स्वागत र शिक्षक सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

विहीवार नै गलकोट नगरपालिका ७ बामियाँका स्थानिय र सिर्जनशिल महिला समुह आगॅाखेतले नव निर्वाचित जनप्रतिनिधीलाई फूलमाला अविरद्वारा स्वागत तथा बधाई ज्ञापन गरेका छन । स्वागत कार्यक्रममा महिला सदस्य पदमा नेपाली र वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले सम्पुर्ण मतदाताहरुलाई धन्यवाद सहितको प्रतिवद्वता मन्तव्य राखेका थिए ।

महिला समाजसेवी कमला केसी र समुहका अध्यक्ष रेवती थापाले शुभकामना मन्तव्य दिएको कार्यक्रमको सन्चालन प्रेस सेन्टर नेपाल गलकोटका अध्यक्ष थम्मन थापा सन्देशले गरेका थिए । विहीवार नै भुपु सैनिक कल्याण संघ मल्मले गलकोट नगरपालिका ७ आँगाखेतमा नेकपा माओवादी केन्द्रको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधीलाई एक कार्यक्रमका बिच सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *