थामडाँडामा पाठेघरको क्यान्सर सम्बन्धि चेतनामुलक अन्तक्र्रिया सम्पन्न

कमल पौडेल बागलुङ २०७४ जेठ १२ । जनप्रिय सामुदायीक सिकाई केन्द्र मुसिकोट नगरपालिका वडा नं. १ को आयोजनामा महिलाहरुमा हुने पाठेघरको क्यान्सर सम्वन्धि जनचेतनामुलक अन्तक्रिर्या कार्यक्रम थामडाँडामा सम्पन्न भएको छ । स्थानिय ४० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा पौदिअमराई स्वास्थ्यचौकीका अहेव कमला श्रेष्ठ तथा स्वास्थ्यकर्मी आनन्द श्रेष्ठले सहजिकरण गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यकर्मिहरुले पाठेघरको क्यान्सर हुन सक्ने अवस्था, वच्ने उपाए लगाएतको विषयमा जानकारी गराएका थिए । कार्यक्रम सो सामुदायीक सिकाई केन्द्रका सामाजिक परिचालक वेल कुमारी खरेलको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच जिल्ला कृषि विकास कार्यालय बागलुङको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत एक दिने पकेट स्तरीय गोष्ठी वडिगाड गाउँपालिका वडा नं. ३, सिसाखानीमा सम्पन्न भएको छ ।

सो गोष्ठी पश्चात भिम वहादुर घर्तिको अध्यक्षतामा ९ सदस्यिय कृषक समुहको गठन समेत गरिएको छ। गोष्ठीको कृषि सेवा केन्द्र खर्वाङका प्रमुख सम्झना पुन, गल्कोट नगरपालिका ११ रिघाका प्राविधिक नारायणी न्यौपाने, र वडिगाड ३ शिसाखानीका प्राविधिक मुकुन्द ओली ले सहजिकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *