प्रवास : स्थानीय चुनावमा राप्रपाको पराजयका सम्वन्धमा विदेशमा अन्तरक्रिया

लुभेन बेल्जियम, २०७४ जेठ १२ । राप्रपाका विदेश विभाग प्रमुख बिजय खडकाको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा गत २३ मेमा लुभेनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा नराम्रो हार व्यहोरेको राप्रपाका विदेश स्थित शुभेच्छुक सँगठनहरुबाट सुझाव संकलन गर्ने उद्देश्यले प्रमुख खडकाको यो भ्रमण भएको हो । अन्तरक्रियाका अवसरमा प्रवासमा नेपालीहरुका समस्या र सरोकारको सम्बोधन, बर्तमान राष्ट्रिय परिवेश, दलको भावी कार्यदिशा र सँगठन निर्माणमा प्रवासी नेपालीको भूमिका लगायतका विषयहरुमा छलफल गरी सुझाव दिइएको थियो ।

सहभागीहरुका अनुसार सर्वैले निर्वाचनको पछिल्लो नतिजाप्रति चिन्ता जाहेर गर्दै नीति र सिद्धान्तप्रति अडीग रहन तथा अस्थिर सत्ताकेन्द्रीत खेलमा भन्दा विपक्षमै बसेर एजेण्डाको रक्षा र लक्ष्य हासिल गर्न सुझाएका थिए ।

समाजका बेल्जियम अध्यक्ष दीपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा यूरोप अध्यक्ष सुरेन्द्र अमात्यको विशेष उपस्थिति थियो । सो अवसरमा समाजका सचिव दीप कुंवरले समाजको स्थानीय अवस्थाबारे जानकारी, सदस्य महेन्द्र पन्तले स्वागत, लुभेन क्षेत्र अध्यक्ष रामचन्द्र पाठकले सँगठनको अवस्था, सदस्य धन गुरुड। र गोविन्द ज्वारचनले समसामयिक विषयमा प्रकाश पारेक थिए। यस्तै कार्यक्रमहरु जर्मन र नेदरल्याण्डमा पनि भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *