समाजमा शान्ति कायम राख्न राजयोग केन्द्रको भूमिका महत्वपूर्ण

दमौली, २०७४ जेठ १२ । ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको २५ औ बार्षिक उत्सव कार्यक्रम ब्रह्माकुमारी राजयोग केन्द्र दमौलीकी संचालिक ब्रह्माकुमारी यमुनाको सभापतित्वमा ओम् शान्ति भवन व्यास ४ दमौलीमा विहीवार विहान सम्पन्न भयो ।

सो कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले मन्तव्य व्यक्त गर्दैै समाजमा अंहिसा, शान्ति कायम राख्नाको लागि ब्रह्माकुमारी राजयोग केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको आफूले महसूस गरेको बताए ।

सो अवसरमा उप प्रमुख मिरा जोशी, व्यास न.पा १० का वडा अध्यक्ष तुल्सीराम सापकोटा, राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्का लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

२०७३ सालमा राजयोग केन्द्र दमौली शाखाले गरेका सेवाहरुको प्रगति प्रतिवेदन ब्रह्माकुमारी रेश्माले सुनाएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *