बिहुँकोटमा त्रिपुरेश्वर महादेवको रथयात्रा सम्पन्न

रामशरण पोखरेल, बागलुङ २०७४ जेठ १२ । बागलुङ काठेखोला गाँउपालिका वार्ड नम्बर ५ स्थित त्रिपुरेश्वर महादेव मन्दीरमा भगवान शंकरको मुर्तिमा प्राण प्रतिष्ठा गरीएको दिनको सम्झनामा बिहिबार बिशाल रथ यात्रा गरीएको छ । यहाँ पश्चिमाञ्चलको एक मात्र ठुलो शिवलिंग रहेको छ भने पश्चिमाञ्चलको एक मात्र रथयात्रा हुने गरेको बताईएको छ ।

२०२९ सालमा स्थापना भएको मुर्तिको २०४० सालबाट औपचारीक रुपमा वार्षीकत्सव स्वरुप हरेक बर्ष जेठ ११ का दिन रथ यात्रा गर्ने गरिएको छ । मन्दीर संरक्षण तथा व्यवस्थापन समितीको आयोजनामा भएको रथयात्रामा गुल्मी, चितवन बिहुकोट सँगै छिमेकी गाविसका बिद्यार्थी, शिक्षक तथा धर्मालम्बीहरु सयौँको संख्यामा उपस्थित रहेका थिए । ्र बिहिबार बिहान बिशेषपुजा आजा गरी भजन कीर्तन र बाजागाजा सहित भगवान शंकरको मुर्ती रथमा राखी रामकोट क्षेत्र घुमाइएको थियो । मन्दीर परिसरबाट सुरु भएको रथयात्रा देउराली, पोखरा बजार, हटीया हुदै मन्दीरमानै पुगेर सम्पन्न भएको थियो । घोडाबाँधेमा रहेको अर्जुनवाण गण र धम्जा प्रहरी चौकीले सुरक्षाको व्यवस्था मिलाएका थिए ।

परमाननन्द स्वामीले ज्ञान आर्जन गरेको पबित्र पुण्य भुमिकारुपमा रामकोट शिवालय मन्दीर परीसरलाइ लिने गरिन्छ ्र मध्यपहाडी लोकमार्गको नजिकै रहेकाले पनि आन्तरीक र वाह्य पर्यटकको समेत राम्रो सम्भावन बोकेका मन्दीरमा बिभिन्न समयम धार्मीक यज्ञ महायज्ञ,मेला महोत्सव समते हुने गरेको मन्दिर ब्यवस्थापन समितिका सदस्य गौरिशकंर सुवेदीले बताए । ्र घना जंगलको मध्य भागमा रहेको मन्दीरमा पर्यटक भित्राउनका लागि भने कुनै ठोस योजना अघि सारिएकौ छैन । बिहुँकोट सँगै बागलुङ जिल्ला र हिन्दु धर्मालम्बीको पहिचानका रुपमा मन्दीरलाइ चिनाउनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *