त्रिदिवसीय कार्यक्रमका साथ दशौँ गणतन्त्र दिवस भव्यरुपमा मनाइने

बागलुङमा जिससका संयोजक आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन !

विजय राना, बागलुङ २०७४ जेठ १० । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको नवौँ वर्ष पूरा भएको अवसरमा बागलुङमा गणतन्त्र दिवस भव्यताका साथ मनाइने भएको छ ।

दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा बुधबार बसेको सर्वपक्षीय बैठकले जिल्लामा त्रिदिवसीय कार्यक्रम गरि गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

दिवस मनाउनको जिल्ला समन्वय समिति बागलुङका संयोजक रामप्रसाद आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ ।

दिवसको अवसरमा यही जेठ १४ गते माध्यामिक विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता गरिनेछ । त्यस्तै १४ गते नै उद्योग वाणिज्य संघको संयोजकत्वमा परिसम्वाद कार्यक्रम, १५ गते विहान नगर सरसफाइ गरिने छ, साथै सोही दिन प्रभातफेरी सहित मूल समारोह गरिने मूल समारोह समितिका संयोजक आचार्यले बताए । १५ गते नै खेलकुद विकास समितिको संयोजनमा उसु, तेक्वान्दो र कराते खेल प्रदर्शन गरिनेछ ।

१६ गते सडक नाटकका साथै जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई फलफुल वितरण कार्यक्रम गरिनेछ ।

दिवसको अवसरमा जेठ १४ गते देखि १६ गते सम्म प्रत्येक साँझ सरकारी तथा निजि कार्यालय र निजि घरहरुमा दिप प्रज्वलन गरि गणतन्त्र दिवसलाई उल्लासका साथ मनाउन नागरिकहरुमा अपिल गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *