गल्कोटमा विजयी प्रतिनिधीहरुको पदस्थापन सम्पन्न

थम्मन थापा सन्देश गल्कोट, २०७४ जेठ १० । गल्कोट नगरपालिका वडा नं ७ र ९ बाट स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई आज आगाखेतमा पदस्थापना गरिएको छ ।

वडा कार्यालयको आयोजनमा सम्पन्न कार्यक्रममा फूल माला र अविरद्वारा स्वागत तथा बधाई सहित नव निर्वाचित पदाधिकारीलाई सचिव महेन्द्र पौडेलले पदस्थापना गराएका हुन ।

सो अवसरमा राष्ट्रिय जनमोर्चाका डोल बहादुर केसी, नेकपा माओवादी केन्द्रका छुम बहादुर थापा, नेकपा एमालेका हुम बहादुर बस्नेत र नेपाली काँग्रेसका तिलक बहादुर केसीले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा नव निर्वाचित सदस्य मिना दर्जी , वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए ।

पदस्थापना कार्यक्रममा विजयी उमेदवार, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिव महेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच पाण्डवखानीबाट सहकर्मी सुरेश छन्त्यालले सम्प्रेषित समाचारमा बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानीमा नेपाली काग्रेसबाट विजय भएका तिलक घर्ती मगरले पदबहाली गरेका छन् ।
कार्यक्रममा वडा सदस्य धनबहादुर सुनार, राधिका पुन,रामप्रसाद विक लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए। कार्यक्रमको संञ्चालन वडाका सचिव जनकराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *