नवनिर्वाचित प्रतिनिधीको स्वागत : गल्कोटको सम्वृद्धिकालागी गल्कोट एफएमको भूमिका अतुलनीय

गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ १० । स्थानीय तहको निर्वाचनमा बिजय भएका सहकारीका शेयर सदस्य जनप्रतिनिधिहरूलाई गलकोट सुचना तथा संचार सहकारी संस्थाव्दारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले गलकोट नगरपालिकाका नवनिर्वाचित मेयर भरत शर्मा गैरे, उपमेयर रेनुका काउचा, ताराखोला गाउपालिकाका नवनिर्वाचित प्रमुख प्रकाश घर्ति, उपप्रमुख दिलकुमारी पुन रोका, सहकारीका सेयर सदस्यहरु वीरजङ भण्डारी, नारायणध्वज मल्ल, नर बहादुर खत्री, सुवेदार टिका बहादुर थापा, तेज बहादुर थापा, लोक बहादुर थापा, शिव कुमारी खत्री, गौरीमाया गुरुङ लगायतलाई फूल र खादाबाट स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसपटकको स्थानीय तहको निर्वाचनमा गलकोट सुचना तथा संचार सहकारीका १२ जना शेयर सदस्य निर्वा्चित भएका थिए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नब निर्बा्चित प्रमुख भरत शर्मा गैरेले गलकोट सुचना तथा संचार सहकारी अब नयाँ ब्यबसायीक तर्फ उन्मुख हुनुपर्ने धारणा राखेका थिए । उनले गलकोट एफ एम र गलकोट पत्र साप्ताहिकले गलकोटको सम्बृद्धिका लागी महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । गैरेले राष्ट्रको चौथो अंगको रुपमा स्थापित पत्रकारीता क्षेत्रले स्वतन्त्र रुपमा भुमिका खेल्नुपर्नेमा जोड् दिए ।

कार्यक्रममा ताराखोला गाउ पालिकाका नवनिर्वाचित प्रमुख प्रकाश घर्तिले बिकास निर्माणका काममा भएका ढिलासुस्तीलाई खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै गलकोट एफ एमले समाज रुपान्तरयामा खेलेको भुमिका अतुलनीय भएको भन्दै सस्थाको उन्नतिका लागी सधै सहयोग गर्ने बताए ।

सम्बृद्ध गलकोट निर्माणका लागी सञ्चार माध्यमको भुमिका महत्वपुर्ण हुने भन्दै सबै सहकार्य गरेर अगाडि बढने गलकोट नगरपालिकाका नवनिर्वाचित उपमेयर रेनुका काउचाले बताईन् । पहिलो चरणमा बिकास निर्माण कार्य भन्दा पनि बिकास गर्ने वातावरण तयार पार्ने पहिलो कार्य भएको भन्दै गलकोटमा सञ्चार माध्यमसँग सहकार्य गरेर अगाडि बढने काउचाको भनाई छ ।
बिकास निर्माणका कार्य भए नभएको बिषयमा सञ्चार माध्यमले भुमिका निर्वाह गनुपर्ने भन्दै सञ्चार क्षेत्रलाई अगाडि बढाउन आफनो क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गर्ने ताराखोला गाउपालिकाका नवनिर्वाचित उपप्रमुख दिलकुमारी पुन रोकाले बताईन् ।
कार्यक्रममा गलकोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदी, गलकोट सुचना तथा सञ्चार सहकारी सस्थाका कोषाध्यक्ष हर्क पाण्डे, सदस्य मञ्जु शर्मा चालिसे, बुल बहादुर केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्थाका अध्यक्ष गुमानसिह बुढाथोकिको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको स्वागत मन्तब्य र गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *