नवागन्तुक हेल्थ असिष्टेन्डलाई स्वागत

बागलुङ, २०७४ जेठ १० । हेल्थ असिष्टेन्ट संघ नेपाल जिल्ला कार्यसमिति बागलुङव्दारा बुधबार लोकसेवा आयोगबाट पास भई बागलुङ जिल्लामा आएका नवागन्तुक हेल्थ असिष्टेण्टलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै हेल्थ असिष्टेन्ट संघ नेपाल बागलुङका सल्लाहकार तथा हानका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनालले हरेक समुदायका आम जनतालाई स्वास्थ्य सेवाको उचित पहुँच पु¥याउने दायित्व पुरा गर्न आग्रह गरे ।

कार्यक्रममा २४ जना हेल्थ असिष्टेन्टलाई खादा र अबिर लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स हरिकाशि पालिखे, परिवार नियोजन सुपरभाईजर दिपक सुवेदी, क्षयकुष्ठ सुपरभाईजर, देवप्रकाश घिमिरे तथ्याङक सहायक घनश्याम सापकोटा, नव आगन्तुक हेल्थ असिष्टेन्ट लक्ष्मण ढकाल लगायतले बोलेका थिए ।

कार्यक्रम हान बागलुङका अध्यक्ष चुडामणि कंडेलको अध्यक्षता उपाध्यक्ष ऋषिराम शर्माको स्वागत र सचिव सहिल पौडेललको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *