एमालेको एजेण्डा र अडानका कारण देशव्यापी रुपमा एमालेप्रति जनलहर आयो- केसी

काठेखोलाका जनप्रतिनिधिलाई लेखानीमा स्वागत तथा वधाई ज्ञापन !

बागलुङ, २०७४ जेठ १० । काठेखोला गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई लेखानीवासीले मंगलवार स्वागत तथा वधाई ज्ञापन गरेका छन् । जनताका समस्यालाई पहिचान गरेर समाधानका लागि तत्पर रहन आग्रह गर्दै लेखानीवासीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई वधाई ज्ञापन गरेका हुन् ।

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ८ लेखानी वडा कमिटिले आयोजना गरेको स्वागत तथा वधाई ज्ञापन कार्यक्रममा स्थानीयले काँठेखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा एमालेका जिल्ला सदस्य अम्मरबहादुर थापा, वडा नंं ८ का वडा अध्यक्ष चित्रकला छन्त्याल, वडा नं. ७ को वडा सदस्यमा निर्वाचित चित्रकुमारी थापा लगायतलाई स्वागत तथा वधाई ज्ञापन गरेका हुन् ।

काठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापा र वडा नं. ८ का नवनिर्वाचित वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीसले जनताले दिएको अभिमत अनुसार जनभावनाको कदर गर्दै विकास निर्माणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय जलस्रोत तथा उर्जा विभागका सदस्य हिराबहादुर केसीले लेखानीको वडा अध्यक्षमा नेकपा एमालेका उमेदवारलाई विजयी गराउने लेखानीवासीलाई धन्यवाद दिँदै नेकपा एमालेको एजेण्डा र अडानका कारण देशव्यापी रुपमा एमालेप्रति जनलहर देखिएको र लेखानीवासीले त्यसलाई पुष्टी गरेको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, जिल्ला सदस्य श्याम पुन, क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, क्षेत्रीय सचिवालय सदस्य हरिबहादुर कुँवर, नेकपा एमाले रेशका अध्यक्ष कृष्णबहादुर कार्की, समाजसेवी डम्बरसिंह घर्ति, शिक्षक झकबहादुर सुनार, समाजसेवी एकबहादुर काउचा, महिला मुल समिति लेखानीका सदस्य कौशिला कंडेल, समाजसेवी क्याप्टेन शेरबहादुर छन्त्याल, समाजसेवी रणबहादुर पुन लगायतले वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका अध्यक्ष बेलबहादुर जि.सी.को अध्यक्षता, उपसचिव भक्तबहादुर पुनको सञ्चालन र आर्थिक विभाग प्रमुख मनबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।

२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसले एकछत्र विजय प्राप्त गर्दै आइरहेको लेखानीमा यसपटक वडा अध्यक्षमा नेकपा एमालेका तर्फबाट चित्रकला छन्त्याल विजयी हुनु भएको हो । अन्य ४ जना सदस्य भने नेपाली कांग्रेस बाट नै विजयी भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *