भ्रष्टहरु सिहदरबार, सदाचारीलाई जेल हुन्छ मेरो देशमा !

बिकासको नाममा कमिसनको खेल हुन्छ मेरो देशमा
जुनसुकै ठाउंमा गए पनि जाल झेल हुन्छ मेरो देशमा !
*
स्वर्ग जस्तो मेरो देश आज भ्रष्टाचारीको घर झै भयो
न सडक राम्रो छ खै कहिले रेल हुन्छ मेरो देशमा !
*
जसले जे गरे पनि हुने कस्तो कानुन हो मेरो देशको
भ्रष्टहरु सिहदरबार सदाचारीलाई जेल हुन्छ मेरो देशमा !
*
संघियता देश बनाउन हो अथवा टुक्र्याउनको लागि
हिमाल पाहाड तराईको कहिले मेल हुन्छ मेरो देशमा !
*
कती बाच्ने अभाबमा पिल्सिएर हामी सोझा जनताहरु
जवाफ देउ सरकार कहिले ग्यास र तेल हुन्छ मेरो देशमा !
***
झलक काउचा,
बागलुङ,
हाल- दक्षिण कोरिया ।
२०७४ जेठ १० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *