वार्षिक कार्यक्रम समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न

सुमन जि.सी. बागलुङ, २०७४ जेठ ९ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आर्थिक वर्ष समाप्तीको पूर्व सन्धायमा यस आ.व.मा गरेमा कार्य प्रगतीहरुको समिक्षा र आ.व. ०७४।०७५ मा सञ्चालन गर्ने गतिवीधिहरुको रणनीति तथा योजना निर्माण गर्ने उद्देश्यले मङ्गलबार संस्थाको केन्द्रिय कार्यालय बागलुङमा ऐक्सेस कार्यदल र कर्मचारीहरुको संयुक्त उपस्थितीमा वार्षिक कार्यक्रम समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका ७ वटा सेवाकेन्द्रहरुको प्रगती, त्यस क्षेत्रमा सेवाकेन्द्रको प्रभाव र भावि कार्यदिशाको बारेमा सेवाकेन्द्र प्रमुखहरुले आफ्नो धारण राखेका थिए । त्यस्तै कार्यक्रममा भाखा नाघेको ऋण असुलीको योजना, कानुनी प्रकृया, बचतमा उल्लेख्य बृद्धि हुन नसक्नुका कारणहरु, सदस्यवाट आएका गुनासाहरु, ऐक्सेस व्राण्ड प्राप्तीका लागि संस्थाको अवस्था, त्रीवर्षिय व्यवसायीक रणनैतीक योजनाको समिक्षा, कर्मचारी कार्यसम्पादन मुल्याङ्कन, सेवाकेन्द्रका समस्या तथा गुनासाहरु लगाएतका विषयहरुमा छलफल भएको थियो । साथै कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीमा हाल देखीएका समस्याहरु र समाधानका उपाय, समुह कार्यको बारेमा जानकारी, राम्रो कर्मचारीमा हुनुपर्ने गुणहरु र राम्रो कर्मचारी बन्नका लागि उपायहरुको बारेमा कर्मचारीहरुलाई सहजिकरण गरेका थिए ।

संस्थाले पहिलो चरणमा संस्थाका समिति उपसमिति र कर्मचारीहरुसंग छलफल गर्ने र दोश्रो चरणमा सदस्यहरुसंग छलफल गरी संस्थाले प्रदान गरेका सेवा सुविधाहरुको बारेमा सदस्यहरु माझ कती प्रभावकारी भईरहेको छ र आगमी आर्थिक वर्षमा कस्ता कार्यक्रम तथा सेवाहरु दिदा सदस्यहरु सन्तुष्ट हुन्छन भन्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा गोष्ठिहरु सञ्चालन गर्न लागिरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *