झोला बोकेर हिँड्दै हिँड्दै विद्यालय जाने रहर छ : प्रशन्न सापकोटा

सिर्जना पन्त, बागलुङ २०७४ जेठ ९ । कक्षा ५ मा पढदैं गरेका १२ वर्षिय प्रशन्नलाई साथीहरुसंग झोला बोकेर हिडदै हिडदै विद्यालय जान मन छ । साथीहरु विद्यालयको चौरमा घुमी घुमी खेलेको देख्दा प्रशन्न पनि उनिहरुसंगै खेल्न चाहान्छन् तर शारीरिक रुपमा अपाङगताको शिकार भएका प्रशन्नलाई शौचालय सम्म पुग्न पनि परिवारको साहरा चाहिन्छ ।

बागलुङ नगरपालिका–४ पाखाथरमा प्रशन्न जन्मदा परिवारमा छाएको खुसी उनि एक वर्षको पुगेपछि दु:खमा बदलियो । धौलागिरी अञ्चल अस्पताल बागलुङमा आजभन्दा १२ वर्ष पहिले प्रशन्न जन्मदा उनि स्वस्थ रहेको डाक्टरहरुले बताएका थिए । प्रशन्न साथीहरुसंग हिडेर झोला बोकी विद्यालय जाने र उनिहरुसंग दौडेर खेल्न मन भएको बताउँछन् ।

आज अपाङगता भएका व्यक्तिहरुको जिल्ला सञ्जाल बागलुङको आयोजना राष्ट्रिय अपाङग पुनर्स्थापना समाज काठमाडौंको सहयोग र राष्ट्रिय अपाङग सरोकार संघ बागलुङको समन्वयमा १५ जना अपाङगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण कार्यक्रममा आएका प्रशन्नले भने ‘बाबाले बोकेर स्कुल लैजानु हुन्छ, बोकेर घर ल्याउनु हुन्छ, साथीहरु एकबजे चैरमा खेल्छन मैले भित्रबाट हेर्छु, मलाई पनि उनिहरु संग खेल्न मन छ ।’

तत्कालीन समय सम्झदै प्रसन्नका बुबा ३८ वर्षीय प्रकाश सापकोटा, हेर्दा मोटो र स्वस्थ देखिने छोरो एक वर्ष सम्म पनि कोल्टे नर्फकिएपछि डाक्टरको सल्लाहा लिन गएको बताउछन् । कान्ति बाल अस्पताल काठमाडौंमा छोरालाई डाक्टर संग देखाएपछि डाक्टरले प्रशन्न जन्मदा वित्तिकै नरोएको हुनसक्ने र फिजियोथेरापी गर्दै गए विस्तारै ठिक हुने बताएका थिए । देब्रे हात र कम्मर भन्दा तलको शरीरको अंग नचल्ने प्रशन्नको उपचारमा लाखौ रकम खर्च गरेको भएपनि सुधारको लक्षणसम्म नदेखिएको सापकोटाको भनाई छ । छोराको उपचारको लागि उनको परिवार पोखराको हरियोखर्क अस्पताल, हेटौडामा रहेको आर्युवेदिक अस्पताल सम्म पुगेपनि प्रशन्नको शारीरिक अवस्थामा कुनै परिर्वतन आएको छैन । गणेश प्राथमिक विद्यालय पाखाथरमा अध्ययानरत प्रशन्नलाई बुबाले बोकेर विद्यालय ल्याउने र लैजाने गर्नपर्छ ।

बैदेशिक रोजगारीको लागि साउदी पुगेका सापकोटा छोराको हेरचाहाको लागि ६ वर्ष पहिले नेपाल आएका थिए । छोरालाई शौचालय लैजाने, विद्यालय पु¥याउने, विद्यालयबाट घर ल्याउने र हेरचाहा गर्नुपर्ने भएपछि सापकोटा घर फर्केको बताउछन् । एक छोरी र श्रीमती रहेका घरमा छोराको जन्म भएपछि परिवार पुरा भएको महसूस गरेका सापकोटा प्रशन्नको शारीरिक अपाङगताको कारणले चिन्तीत छन् ।

मंगलबार बागलुङ बजारमा आयोजना गरिएको ह्विलचियर वितरण कार्यक्रममा छोरालाई लिएर ह्विलचियर लिन आएका सापकाटाले छोरालाई ह्विलचियरको आवश्यकता भएको भएपनि ग्रामिण भेगमा ह्विलचियरको प्रयोग गर्न ग्राहो हुने बताए। ह्विलचियरले छोरालाई घर वरिपरि घुमाउन सकिने भएपनि ग्रामिण भेगका सडक र विद्यालय अपाङग मैत्री नहुदा समस्या हुने उनको भनाई छ । ‘बाबुलाई एक्लै छोडन मिल्दैन घर तथा विद्यालयमा एकजना कुरेरै बस्नुपर्ने बाध्यता छ, उस्लाई शौचालय लैजानुपर्छ, बोकेर उकाल्ने ओराल्ने गर्नुपर्छ हाम्रा भौतिक संरचनाहरु अपाङग मैत्री नहुदा निकै समस्या भएको छ सापकोटाको दु:खेसो छ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *