३ हजार लिटर भीर महको शिकार हुने तारामा यस वर्ष २० लिटरमात्र !

खगेन्द्र विश्वकर्मा, गल्कोट तारा २०७४ जेठ ८ । ताराखोला गाउपालिकाको साबिक तारा गाविस भीर मह शिकारका लागि प्रख्यात मानिन्छ । तर यस वर्ष स्थानीयको भनाईमा भीरमाहुरीको मह प्रयाप्तमात्रामा काढ्न पाईएन । ताराखोला क्षेत्रका भीर पहराहरुमा झुण्डिएका माहुरीका चाकाहरु झिक्दा प्रयाप्तमात्रामा मह नपाईएको स्थानीयले बताएका छन् । गत वर्षहरुमा ३ हजार लिटर सम्म भीर महको शिकार गरिएकोमा यस वर्ष जम्मा २० लिटर मह काढिएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार जुल्फे सामुदायिक बन र ठुलाभीर सामुदायिक बनमा विगतको बर्षमा ७ घार काढेर ३ हजार लिटर सम्म निकाल्ने गरेको तर अहिले भने ६ घार काट्दा पनि २० लिटर मात्र काढिएको जुल्फे सामुदायिक बनका सचिब नारायण घर्तीले बताए ।
उनले बैशाख महिनामा बढी वर्षा भएकोले माहुरीले आफै मह खाएकोले मह कमी भएको बताए ।

गत बर्ष सामुदायिक बनका २ सय ३ उपभोक्तालाई १ लिटरका दरले वितरण गरेर पनि बाहिरी ग्राहकलाई बेचेर २५ हजार आम्दानि गरेको घर्तीले बताए ।

भीरमाहुरीको मह विभिन्न किसिमको रोगको उपचार गर्ने र स्वास्थका लागि लाभदायी हुने भएकोले यसको माग उच्च छ तर यसको संरक्षण र विकासको लागि कुनै बैज्ञानिक तरिका नहुदा भीरमाहुरीको संरक्षण तथा महमा कमी आउने गरेको घर्तीको भनाई छ ।
अब लगत्तै जेष्ठको अन्यतिर ठुलोभीर र डुडेलेकमा रहेको मौरिको मह निकाल्ने योजना रहेको घर्तीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *