युवतीलाई कोठामा लगेर जबरजस्ती करणी गर्ने दुईजना युवक पक्राउ

काठमाडौँ २०७४ जेठ ८ । काठमाडौको कलंकीमा डेरा गरी बस्ने २ जना युवकले गोकर्णेश्वर डेरा गरी बस्ने २० वर्षिया महिलालाई पालैपालो आफनो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ बर्षीय अग्रज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरेलले गत बैशाख ३१ गते रामेछाप बेथान–५ घर भई काठमाडौँ गोकर्नेश्वर बस्ने २० बर्षीया महिलालाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको र चौधरीले समेत जेठ १ गते ती महिलालाई आप्mनो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *