गल्कोट- ७ मल्लमा विजयी जनप्रतिनिधीलाई स्वागत

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ ८ । लामो समय विद्यालयको हक हितमा काम गर्दै आउनुभएका सामाजिक व्यक्तित्वहरु स्थानिय तहको निर्वाचनमा विजयी भए सॅगै जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म बागलुङले नेकपा माओवादी केन्द्रका विजयी जनप्रतिनिधिलाई आज स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा विजयी उमेदवारहरुलाई खादा र अविरद्वारा बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, सदस्यहरु मिना दर्जी, पदमा नेपाली, लोक बहादुर थापा र दल बहादुर थापाले जनताले प्रदान गरेको अमुल्य मतलाई खेर नजाने गरि सम्वृद्व वडा बनाउॅदै वडा नं ७ को शैक्षिक क्षेत्रको विकासमा समेत जोड दिने बताएका छन । साथै नव निर्वाचित वडा अध्यक्ष थापाले आफनो सुरुको महिनाको तलबको रकम विद्यालयलाई अक्षयकोष स्थापना गर्ने समेत घोषणा गर्नुभएको छ ।

सो अवसरमा विजयी जनप्रतिनिधिलाई वि।व्य।स सदस्य ज्ञान बहादुर थापा र विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद गौतमले बधाई मन्तव्य राखेका थिए । विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *