ढोरपाटनको दीर्घकालीन विकासका लागि एमाले-जनमोर्चावीच तालमेल, ५ सदस्यीय संयन्त्र गठन !

राम सुवेदी, बुर्तिवाङ २०७४ जेठ ८ । ढोरपाटन नगरपालिकामा नगर कार्यपालिकामा हुने निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल हुने भएको छ । दुई पार्टिबीच भएको सहमतिलाई आज पत्रकार सम्मेलन मार्फत जानाकारी गराइएको हो ।

नगरपालिकामा गठन हुने कार्यपालिकामा ८ जना मध्ये ५ जना निर्वाचित महिलाहरुबाट पुन निर्वाचित गरिने प्रावधान छ भने ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट निर्वाचित गरिने व्यवस्था छ । उक्त पदलाई आज दुई पार्टीले बराबरी ४÷४ पद विभाजन गरेको पत्रकार सम्मेलन मार्फत जानाकारी गराइएको छ ।

५ जना महिला तर्फको पदमा एमालेलाई ३ जना र राष्ट्रिय जनमोर्चालाई २ जना तथा दलित तथा अल्पसँख्यक समुदाय तर्फबाट राष्ट्रिय जनमोर्चालाई २ जना र एमालेलाई १ जना हुनेगरि विभाजन गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका मोहनलाल शर्माले, जारी संविधानलाई कार्यन्वयन तहमा पु¥याउन तथा हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट गठित नगर समितिले समृद्ध नगरको विकासका लागि समेत बाम पार्टीबीच तालमेल गरि विकास निर्माणमा सहकार्य गर्ने उच्चस्तरीय सहकार्य भएको जानाकारी दिए ।

यस्तै राष्ट्रिय जनमोर्चाका धर्मबहादुर कुवँरले पनि नगरको विकास, योजना निर्माण र स्रोत साधनको प्रयोगका लागि नगरपालिकामा निर्वाचित भएका दुई ठूला बाम शक्तिको एकता आवश्यक रहेकाले यसखालको तालमेल गरिएको प्रष्ट पारेका थिए ।

यसरी तालमेल हुँदा नगरपालिकाको निर्वाचित ४७ सदस्य मध्ये एमालेसँग १६ सदस्य रहेका छन भने राष्ट्रिय जनमोर्चासँग १३ सदस्य गरी २९ सदस्य पुग्छन् । कार्यपालिका गठनमा बहुमत पुग्न २४ मत भए पुग्छ । दुई बामबीचको तालमेलले अत्यधिक बहुमत हुने भएपछि अव गठन हुने नगर कार्यपालिकामा पनि दुई बामको पूर्ण बहुमत हुनेदेखिएको छ ।

१९ सदस्यीय नगर कार्यपालिकामा एमालेबाट विजेता ३ वडा अध्यक्ष, २ मेयर र उपमेयर तथा अवको निर्वाचनबाट आउने ४ सदस्य गरि कुल ९ सदस्य पुग्ने छन् । उता राष्ट्रिय जनमोर्चाका निर्वाचित ३ वडा अध्यक्ष र निर्वाचित भएरआउने ४ सदस्य गरि ७ जना सदस्य हुनेछन् । दुई बामको गठबन्धनबाट १९ पदमा १७ सदस्य पुग्नेदेखिन्छ । बाँकी ३ सदस्यमा माओवादी केन्द्र १, काँग्रेस १ र क्रान्तिकारी माओवादी १ रहने छन् ।

यसैबीच नगरको दीर्घकालीन विकासका लागि दुई बामपार्टीले ५ सदस्यीय उच्च स्तरीय संयन्त्र निर्माण गरेको पनि पत्रकार सम्मेलन मार्फत जानाकारी गराइएको छ । आयोजित पत्रकारसम्मेलनमा नगर प्रमुख देवकुमार नेपाली, एमालेका टंक पौडेल, चिन्तामणी शर्मा, राष्ट्रिय जनमोर्चाका केशकुमारी बुढा तथा वडा नं. ४ का वडा अध्यक्ष तिलक पुन तथा वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनको समेत उपस्थिति रहेको थियो ।

बुर्तिबाङ स्थित सञ्चारमाध्यमका पत्रकारहरुको उपस्थितिमा पत्रकारसम्मेलन भएको हो । आयोजित कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका नरहरी भुसालले गरेका थिए ।

यसैवीच, बरेङ गाउँपालिका वडा नम्वर २ साविकको हुग्दिशीर वडा नम्वर १ तङ्ग्राङमा आज एक कार्यक्रमका विच बरेङ गाउँपालीकाका प्रमुख तथा उपप्रमुखको स्वागत गरिएको छ । बैशाख ३१ गते सम्पन्न प्रथम चरणको स्थानिय निकायको निर्वाचनमा राष्ट्रिय जनमोर्चा तथा नेकपा एमालेका तर्फबाट बरेङ गाउँपालीकाको प्रमखु तथा उपप्रमुख कृष्ण प्रसाद शर्मा र दिल कुमारी पुनलाई फुलमाला र अविर लगाई स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख तथा उपप्रमुख द्धय शर्मा र पुनले गाउँपालीकालाई नमुना गाउँपालीका बनाउने भन्दै त्यसकालागि जनताको साथ र सहयोग आवस्यक रहने बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *