अरुणोदय साकोस बुटवल र सिवाईसी बागलुङवीच जानकारी आदान प्रदान

सुमन जि.सी. बागलुङ, २०७४ जेठ ८ । अरुणोदय साकोस बुटवलको टोलीव्दारा बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङको स्थलगत अवलोकन तथा संस्थाले गरेका गतिविधिहरुको वारेमा छलफल र अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

अन्तरकृया कार्यक्रममा सिवाईसी साकोसले छोटो समयमा हाँसिल गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया, संस्थाले सञ्चालन गरिरहेको नयाँ तथा नौला प्रयासहरुलाई आफ्नो संस्थामा लागु गर्ने र धौलागीरी क्षेत्रका प्रयटकीय क्षेत्रको अवलोकन गर्ने उद्देश्यले अध्ययन अवलोकन कार्यक्रमको आयोजना गरिएको चन्द्रसुर्य साकोस बुटुवलका अध्यक्ष सहदेव विक्रम शाखाले जानकारी गर्राका थिए भने बागलुङको सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका गतिवीधिहरुको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, लेखा समिति सदस्य संगिता शर्मा पौडेलको स्वागत र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *