साताको तस्वीर : चर्चामा बलेवा विमानस्थल !

समय समयमा बलेवा विमानस्थलको कुरो उठ्ने गर्छ, उठाउने गरिन्छ । जबसम्म बिमानस्थल अस्तित्वमा रहन्छ प्रशंग उठनु स्वाभाविक हो । यो सिलसिला बीस बाईस वर्ष पहिले देखि चलिआएको छ, चलिपनि रहनेछ । श्रीमान देखी माननीय सम्म मन्त्री देखी प्रधानमन्त्रीसम्म बलेवा बिमानस्थलको प्रशंग उठ्छ त्यो प्रशंगवस नै उठ्छ, गम्भीरतापूर्वक होईन । कमसेकम बिगतले यहि बताएको छ ।

तत्कालीन मन्त्री व्दय दीनानाथ शर्मा र लोकेन्द्र विष्टमगरलाई बलेवा विमानस्थलमा स्वागत गर्दै स्थानीय

धेरै पर नजाऔँ, जब बागलुङ अमलाचौरका माओवादी नेता दीनानाथ शर्मा शिक्षा मन्त्री र पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरलाई साथै लिएर ट्विनवटर विमान बलेवा बिमान स्थलमा अवतरण भयो, बिमानस्थलमा उपस्थित विशाल जनसमुह समक्ष मन्त्रीज्यूहरुबाट नियमित विमानसेवा सन्चालन हुने आश्वासन प्राप्त भयो, तमाम बागलुङवासीलाई विश्वास पलायो । दुखको कुरा, मन्त्रीज्यूहरु सँगै त्यो आश्वासनपनि फर्किएरै गयो अहिले सम्म…. ।

यतिमात्र पनि होईन, जब यो मुुलुुकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रधानमन्त्री (मपका अध्यक्ष) बने उनका एकमन्त्री बलेवा विमानस्थलमा आएर भने, ‘जिल्ला न्यायाधीश भएर पहिलो पटक म हवाई जहाजबाट बलेवा भएर बागलुङ गएको हुँ, त्यस विमानस्थलमा नियमित हवाई सेवा सन्चालन गर्न तत्पर रहेको प्रधानमन्त्रीले भन्नु भएको छ’ भन्ने सन्देश सुनाएर फर्किए । उनका ती कुरा सुनेर केहि आशा स्थानीयवासीले नलिएका होईनन् ।

उनै मन्त्री कुस्माको एक कार्यक्रममा भाग लिन आउँदा भने, “प्रत्यक दिन १६ जना यात्रुहरु तयार पार्नुस म हवाई जहाजको नियमित सेवा सन्चालन गर्न लगाउछु ।”

दिनहुँ १६ जना यात्रु विमान स्थलमा उभ्याई दिए जुनसुकै विमान कम्पनीले सेवा सन्चालन गर्ने पक्कै थियो । उनले बोलिरहनुको कुनै तुक थिएन ।

अहिले यस्तो छ, बलेवा विमानस्थलको अवस्था, वर्षा बढ्दै गए सिरुझारले ढपक्क ढाक्छ ।

बागलुङ र पर्वत जिल्लाका सभासद साँसदहरुले चुनावमा भोट माग्ने बेला र विजयी भए लगत्तै दिएको बलेवा विमानस्थलमा हवाई जहाजको नियमित सेवा सुचारु गर्ने शिष्ट वचन विर्सी नसकेको अवस्थामा हिँजो आईतवार जेठ ७ गते कुस्मा बजारमा यान्त्रिक पुल प्रालिले कुस्मा र बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयरहरुको स्वागत र सम्मानमा आयोजित कार्यक्रममा यस विषयले प्रवेश पाएको छ ।

स्वागत र सम्मान ग्रहण गर्दै नवनिर्वाचित नगरपमुखहरुले बलेवा बिमानस्थलमा नियमित हवाई सेवा सन्चालन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । खुसी मान्नुपर्छ, बलेवा विमानस्थल सन्चालनलाई लिएर हाम्रा स्थानीयतहका नवनिर्वाचित प्रतिनिधीहरु गम्भीर छन् । अब चाँडै बलेवाबाट पोखरा, काठमाडौँ, जोमसोम, भैरहवा…. आदि स्थानमा हवाई सफर गर्न पाईयोस ।

विषय वा प्रशंगले अर्को अर्थ नलागेमा, एउटा सर्वाधिक चासोको विषय यहाँ कोट्टाउनु असान्दर्भिक हुने छैन, यान्त्रिक पुलले गरेको स्वागत सम्मान ग्रहण गर्दै गर्दा हाम्रा नगरप्रमुखले बलेवाली नगरवासी दाजुभाई दिदीबहिनीहरुको ढाडै भाँच्ने गरी यान्त्रिक पुलको भाडा बढाएर चरम शोषण गरेको विषयमा प्रवेश गर्न बिर्सनु भएछ कि ?

स्मरणरहोस्, यान्त्रिक पुल बलेवाली नगरवासीको शोषण गर्ने यन्त्र नबनोस ।

तस्वीर- प्रकाश पौडेल, पर्वत कुस्मा ।

ईबागलुङ डेस्क, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *