दोश्रो चरणको निर्वाचनमा उच्च मनोबलका साथ लाग्न कार्यकर्तालाई राप्रपाको आग्रह

पहिलो चरणको परिणामबाट चिन्तित र विचलित हुनु पर्ने अवस्था नरहेको राप्रपाको ठहर

काठमाडौ २०७४ जेठ ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तुलनात्मक रुपमा कमजोर संगठन साधन श्रोतको कमि एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानका बारेमा योजनावद्ध ढंगले सिर्जना गरिएको भ्रमका कारण पहिलो चरणको चुनावमा अपेक्षित परिणाम प्राप्त हुन नसके उल्लेख गर्दै यस परिणामबाट चिन्तित र विचलित हुनु पर्ने अवस्था नरहेको बैठकले ठहर गरेको छ ।

बैठकले निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न एवं संगठनको प्रभाव विस्तार गर्न सक्षम भएकोमा बैठक सन्तोष प्रकट गरेको छ ।

बैठकले प्रतिकुल परिस्थितिका वावजुद राप्रपाको पक्षमा मतदान गर्ने जनता एवं पार्टीलाई सहयोग, समर्थन गर्ने शुभचिन्तक र कार्यकर्ताहरुमा राप्रपा आभार प्रकट गर्दै निर्वाचनमा विजयी भएकाहरुलाई बधाई ज्ञापनका साथै गत चुनावको अनुभवबाट पाठ सिकेर तथा कमि कमजोरीलाई सुधार गर्दै दोश्रो चरणको निर्वाचनमा सहभागी हुन तथा उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सवै तहका निकाय र कार्यकर्ताहरुलाई आब्हान गरेको छ ।

दोश्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएको तथा निर्वाचन आचार संहिता कार्यान्वयन भइरहेको अवस्थामा दीर्घकालीन योजना र कार्यक्रम सहितको “पूर्ण बजेट” ल्याउनु सर्वथा अनुपयुक्त हुने हुँदा केवल “साधारण बजेट” मात्र संसदमा पेश गर्न सरकारसँग राप्रपा माग गर्ने पनि सो बैठकले निर्णय गरेको छ ।

बैठकले स्थानीय तह निर्वाचनको क्रममा बैशाख ३१ गते नरहरिनाथ गा.पा. वडा नं. ६ कालिकोटको राप्रपाका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार धनरुप बटालाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको र अन्य ४ जना गम्भिर घाइते भएको दुःखद घटनाको घोर भत्र्सना गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशिघ्र निशुल्क उपचारका लागि नेपल सरकारसँग जोडदार माग गरेको छ ।

बैठकले मृतक धनरुप बटालालाई सहिद घोषणा गरि निजको काजक्रिया गर्न आवश्यक सहयोग गर्न र निजका परिवारको भरण पोषण तथा संरक्षणका साथै उचित क्षतीपूर्ति उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छं ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *