जैमिनीका मेयर पौडेल भन्छन्, जैमिनीलाई देशकै नमुना पर्यटनमैत्री नगर बनाउछु !

केदार शर्मा, बागलुङ, २०७४ जेठ ८ । लामो समय जैदीको बेलबगर स्थित सस्कृत माध्यमिक बिद्यालयमा शिक्षण पेशामा रहेर पछिल्लो समय नेपाली कांग्रेसको राजनितीमा लागेका ईन्द्रराज पौडेलले जैमिनी नगरपालिकामा मेयर जितिसके पछि आफुले नगरलाई नेपालकै नमुना बनाउने बताएका छन ।

ईबागलुङ सहकर्मी केदार शर्मासंग कुरा गर्दै पौडेलले जैमिनीलाई नेपालकै नमुना मैत्री नगर बाउने बताएका छन । बिशेषत नगरलाई पहिले ५ बर्षको गुरुयोजना निर्माण गरी नगरको बिकाश गर्दै हालै नगरमा बिकरालको रुपमा देखिएको गरिबीलाई अन्त्य गर्ने योजना रहेको उनको भनाई छ ।

उनले अभैm पनि जैमिनीका कैयौँ नगरवाीहरु ग्रिबीको रेखा मुनी रहेको बताउदै अबको ५ बर्ष भित्र गरिबीलाई अन्त्य गर्ने पहिलो प्रयास भएको जनाए । मूख्यत नगर भित्ररहेको गरिवीको डाटा संकलन गर्ने र अबको ५ बर्ष भित्रमा यस नगर भित्रका गरिवीकोे पहिचान गरि उनिहरुको जीवनमा बाह्रै महिना खान पुग्ने किसिमको बतावरण बनाउने बताए ।

पैडेलले जैमिनी नगरपालिकाको भौगोलिक बिकटताले यस नगरको बिकासमा केहि असहजता रहेपनि यस नगरपालिकाको हरक्षेत्र र पक्षको बिकासमा तेरोमेरो नभनी हामीसबैको काम समझेर काम गर्ने दृढता व्यक्त गरेका छन् ।

पैडेलले जैमिनीका साबिक गाबिस तथा हालका सबै वडाहरुमा रहेका बाटो घाटोलाई १२ महिनानै नियमित रुपमा संचालन गर्ने र जिल्ला भित्रको सडक सञ्जालले नछोएको छिस्तीमा बाटो पु¥याउने दृढता व्यक्त गरे । त्यस्तै यस नगरपालिकाका सम्पूर्ण वडाहरुमा स्वाथ्य चौकी स्थापना गर्दै जनताको स्वास्थ्यको सुनिश्चितता गर्ने बताए ।

जैमिनी नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान गरि तिनको प्रचार प्रसार गरि नगरलाई पर्यटनमैत्री नगर बनाउदै । गुरुयोजना अनर्तगत नगर भित्र रहेका हाँडिकोट, गाजाको दह, पुरानो गाँउ लगाएतका ठाँउलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्दै आन्तरिक एवं वाह्य पर्यटकहरुको लागी आकार्शक गन्तव्य बनाउदै नगरको मुख्य आय आर्जनको रुपमा बिकाश गर्दै लैजाने उनको अठोट छ ।

यस्तो छ उनको थप योजना

* सुन्दर पर्यटकीय नगरीका रुपमा विकास गर्न चारैतिर हरियाली, नगर भित्रका सडकको मर्मत÷सुधार, स्तरोन्नतिलगायती पर्यटनमैत्री नगर बनाउने मेरो योजना छ ।

* आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउन यहाँको आदिवासी मगर समुदायको परम्परागत संस्कृति झल्काउने किसिमका बिभिन्न ठाँउमा छाप्रा तयार गर्ने र वृद्धवृद्धाहरुलाई आयआर्जन बढाउने काम गर्ने छु ।

* त्यसले वृद्धवृद्धा आमाबुबालाई समय कटाउन र आफ्ना दौँतरीसँग भेटघाट गर्ने अवसर पनि जुराउँछ । आयआर्जन पनि हुन्छ । अहिले वृद्धवृद्धालाई आश्रममा लगेर राख्ने प्रवृत्ति पनि छ । त्यसलाई हटाउन पनि यस्ता कामले सकारात्मक सन्देश बाहिर जाने देखेको छु ।

(दक्षिण बागलुङको अति बिकट साबिक जैदी गाविसमा जन्मिएका पौडेल १७ वर्ष शिक्षण पेशामा बिताए । जैदी सस्कृत माध्यमिक बिद्यालयमा २०५२ साल देखि २०६९ साल सम्म प्रार्चायको रुपमा रहेर अबकाश पछि पौडेल नेपाली कांगेसको राजनितीमा सक्रिय देखिएका हुन । पौडेल नेपाली कांग्रस बागलुङ क्षेत्र नम्बर २ बाट महाधिबेशन प्रतिनिधि, छिस्तीमा रहेको राधाकृष्ण मन्दिरको अध्यक्ष लगाएत विभिन्न सामाजिक क्षेत्रमा रहेर सामाजिक सेवामा सक्रिय रहदै आएका ब्यक्ति हुन् ।)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *