कटाक्ष : खैजु टेकमान !

कृष्ण पौडेल

टेकमान खैजु भनेपछि कीर्तिपुर नयाँ बजारका त्यतिबेलाका अब्बल ब्यपारी मेरा घरभेटी।कौडीको माल पनि उनको पसल पुग्दासाथ सुनको मुल्यमा परिणत हुने चमत्कारी। उनको पसल कीर्तिपुरको बौद्ध स्तुपको सिधामाथी। माथीभएकै भरमा ऊनको पसल चमत्कारिक भएको भने होईन टेकमान खैजु व्यपारमा निपुण नै थिए।एक को माल छ मा र सय रुपयाँको तमसुकको पछि जिरो थप्नमा एक नम्बर। त्यसमा पनि भाग्यले पाएको पातलो जिब्रो र मिठो बोली । कालो माललाई सजिलै सेतो बनाऊन खप्पिस। मेले धेरै पल्ट आफ्नै आँखाले देखेको नेपालमै बनेको माल कोरियन कम्पनिको बक्समा राखि कोरियन भनि बेचेको र भोलिपल्टै सामान फिर्ता गर्नेको लाइन। सबै कानेखुसीको भाषामा भन्थे मोराले ढाँट्न पनि कति ढाँटेको,उधारो नपाउने डरले साम्ने कसैको बोल्ने हिम्मत थिएन। खैजु भन्थे कोरियन त हो के गर्ने चामलमा बहें हुन्छ नै। खैजु समानको क्रयमुल्य पुरा राखि बाँकी रकम ढेवा ढेवा भनि फिर्ता गर्थे र आफै आफुलाई भन्थे खैजु बचनको पक्का छ।

यसरी शोषण गरि खैजुले अथाह सम्पती जम्मा गरेका थिए। तर खैजु भित्र भित्र मक्किएका थिए निसन्तानको कारणले।सन्तानको आशामा खैजुले सात सात श्रीमती भित्राएका थिए।तर ती सातमा खैजु संग केबल एक मात्र बाकिँ थिईन कान्छी करिस्मा।

खैजुलाई सन्तानको मोहले दुई या तिन बर्षको अबधिमा सन्तान भएन भने साबिककी श्रीमती पिटपाट गरि भगाई हाल्ने र खाली ठाँऊ तुरुन्त पुरा गर्ने जाँगरले जक्डाएको रहेछ।जीवनका आधा दशक पार गरेका खैजु देख्नमा कुनै कारणले कमिका थिएनन त्यसैमा ऊनको रहन सहन।खैजुकी कान्छी करिस्मा जुन खैजु भन्दा आधा उमेरकी थिइन,साच्चै सिनेजगतकी करिस्मा भन्दा कम थिईनन। बिना मेकअप उनी सूर्यको किरण जस्तै टल्कन्थिन । बिचरा उनको मेकअप भनेको पसलमा समान मिलाउदाँ वा ग्राहकको सेवा गर्दा उडेको धुलो नै थियो। ऊनको मुहारमा बसेको धुलो बिहानीको हिमालमा टल्केको घाँम या दुबोमा परेको पानी जस्तो टलकिन्थ्यो।

खैजुले उनलाई उनको माईतीको आर्थिक कमजोरीको फाईदा ऊठाउदै आफ्नो सावाब्याज उठाउन जबरजस्ती भित्राएका रहेछन यो कुरा खैजुको मनोरोग ले प्रष्ट पार्दथ्यो। खैजु कुनै अर्धबैषे पुरुष ग्राहकलाई देखे भने आफ्ना सबै काम छाडी त्यही ग्राहकको अगाडीआइ ढक्क उभिन्थें ताकी खैजुकी करिस्मासँग ऊसको आँखा नजुधोंस।

घरमा भित्राएको दुई बर्ष बितीसक्दा पनि कान्छीबाट सन्तान नभए पछि खैजु उनलाई पनि पिटपाट पारी आठौं भित्राउने तयारीमा रहेछन। दिन भरी पसलको थकान राति मुक्का मुक्की र भीडन्त बाट पीडित करिस्माले सत्य तत्थ्य पत्ता लगाउन खैजुलाई डाक्टरकोमा जबरजस्ती लगिछन। डाक्टरको रिपोट् अनुसार दोष खैजुको सात श्रीमतीको नभई खैजुको जीनमा रहेछ।

यसरी आफु अकर्मण्य हुनुको दोस अरुलाई दिई सात सात महिलाको जीवन बरबाद बनाएका खैजु संसदमा प्रतिनिधित्व गर्ने कुनै एक पार्टी लाई भारि चन्दा दिएको भरमा त्यही पार्टीको कोटा मार्फत महिला तथा बाल कल्याण मन्त्रालय एवं बाणिज्य मन्त्रालयको जिम्मेबारी पाएका रहेछन।

केही बर्ष पहिला म नेपाल गएको बेला मेरा पुराना घरभेटीलाई भेटन ऊनले सम्भालेको मन्त्रालय गएको थिए तर खैजु पहिलेका खैजु थिएनन।ऊनको अघि पछि हुक्के र बैठके हरुको घेरा मलाई के चिन्थे।

कुनै बैठके भन्थ्यो वा खैजु वा क्या बात महिलाको सेबक महिला मन्त्रालय१ हुक्के हरु तालि परर्र बजाँउथे। के गर्नु म जमाना अनुसार चल्न नसक्ने, खैजुको भित्री सबै थाहा भएको बिवस भई आफ्नै आखाँको साम्ने सबै देख्दा पनि मुखमा तालामारी चुपचाप बसे। हजारौंको संख्यामा अनेकौ आसा बोकी भेटन आउनेलाई उनको एकै उत्तर थियो ल ल किन चिन्ता गरेको म छदै छु नी,यति सानो कामको लागी पनि किन दुःख गरेको फोन गरेको भए भैहाल्थ्यो नि,ल म आजै हाकिम लाई फोन लगाई हाल्छु…!

कृष्ण पौडेल
बागलुङ, हाल बेलायत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *