जनहित कृषि समुह र समाज कल्याण महिला समुहद्वारा स्वागत तथा बधाई

गल्कोट २०७४ जेठ ७ । वैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा विजयी भएका नेकपा माओवादी केन्द्रका विजयी उमेदवारलाई गलकोट नगरपालिका ७ मा जनहित कृषि समुह कोल, फलाटे, गैराखर्क र समाज कल्याण आमा समुह अरबेदीले आज स्वागत तथा बधाई ज्ञापन गरेको छ । स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा विजयी उमेदवारहरुलाई फूल माला तथा अविरद्वारा बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको तर्फबाट नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, सदस्यहरु पदमा नेपाली, लोक बहादुर थापा र दल बहादुर थापाले जनताले प्रदान गरेको अमुल्य मतको कदर गर्दै समग्र वडाको विकास र सम्वृद्वि सॅगै जनताको हितमा आफूहरु सदैव प्रतिवद्व रहने बताएका छन ।

सो अवसरमा विजयी उमेदवारलाई जनहित कृषि समुहका अध्यक्ष घनश्याम थापा, समाजसेवी बम बहादुर चोखाल र गंगा बहादुर खडकाले बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी, बुद्विजीवी, महिला समुह, शुभेच्छुक लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *