निर्वाचनका तीती मीठा कुरालाई आत्मसात गरी अघी बढन सभापति थापाको आग्रह

बागलुङ रायडाँडा, २०७४ जेठ ७ । स्थानीय तहको निर्वाचनमा बानपा ११ साविक रायडाँडा गाविसबाट नेपाली काग्रेसका तर्फबाट अध्यक्षमा विजयी युवा नेता ज्ञानेन्द्र गौतमलाई रायडाडामा भव्य स्वागत एवं बधाई ज्ञापन गरिएको छ । लामो समय देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका गौतम स्थानीय तहको निर्वाचनमा विजयी भएपछि वडाभरका स्थानीयले खुसी साटासाट गरेका छन ।

बाजागाजा सहित स्थानीयले बानपा ११ बाट विजयी अध्यक्ष गौतम लगाएत अन्य सदस्यहरुलाई गाउ-गाउ घुमाएका थिए ।

साविकको रायडाड“ा वडा न १ वाट सुरु भएको विजयी ¥याली वडा न ९ मा आएको कोण सभामा परिणत भएको थियो ।

विजयी सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले स्थानीय तहको निर्वाचनमा पार्टीले भोग्नुपरेका तिता मिठा कुरालाई आत्मसाथ गरि आगामी दिनमा अगाडि बढने बताएका थिए । उनले निर्वाचनमा चाहे अनुसार आफुहरुले सफलता प्राप्त गर्न नसकेपनि आगामी दिनमा मार्गदर्शनको रुपमा लिएर हरेकको मन मुटुमा बस्न सक्ने बनाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा नव निर्वाचित वडाध्यक्ष ज्ञानेन्द्र गौतमले चुस्तदुस्त रुपमा वडाको विकासको लागि कटिबद्ध भएर लाग्ने बताउदै नमुना वडाको रुपमा अगाडि लैजान आफु सक्रिय भएर लाग्ने हुदा स्थानीय सम्पुर्णको सहयोग र साथ आवश्यक पर्ने बताए ।

कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णशंकर श्रेष्ठ, त्रिचन्द्र क्याम्पसका इकाई सभापति बिष्णु पौडेल, क्षेत्रीय सदस्य टेकबहादुर कुवर ‘सन्तोस’ नवनिर्वाचन वडा सदस्य दुर्गाबहादुर थापा लगाएतले मन्तव्य दिएका थिए ।
बानपा ११ का कोषाध्यक्ष घनश्याम पौडेलको अध्यक्षता, क्रियाशिल सदस्य रत्नाकर गौतमको स्वातग र क्षेत्रीय प्रतिनिधि मिलन केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गौतम विभिन्न सन्चारमाध्यमहरुमा आवद्ध रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *