विहिवारदेखी वेपत्ता निसीखोलाका ९४ वर्षिय हरिलाल घर्तीको शव फेला

खेमराज अर्याल बुर्तिबाङ २०७४ जेठ ७ । गत विहिवारदेखी वेपत्ता निसीखोला गाँउपालिका वडा नम्बर ४ ओख्रेनीका ९४ वर्षिय हरिलाल घर्ती आज मृत अवस्थामा फेला परेका छन् । विहिबारबाट घरमा नरहेका घर्ती २ दिन सम्म घरमा नभेटिएपछी छिमेकीले खोजी कार्य सुरु गरेका थिए । घर्तीकी श्रीमती आफ्नी छोरीलाई भेट्न कानाबगर गएको र घरमा अरु कोही नभएकोले हिरालाल घर्ती घरमा नभएको कसैले पनि थाहा नपाएको बताइएको छ ।

घर्तीकी श्रीमती हिजो साँझ मात्र छोरीको घरबाट आफ्नो घर फकेर्की र आज विहान मात्र छिमेकीलाई खबर गरेकी थिईन ।
आफन्तजन एवं छिमेकीले खोजी गर्दा आज विहान नजिकैको बाटाखोर्रे भन्ने जङ्गलमा घर्तीको शव फेला पारेका हुन् । घाँसकाट्ने क्रममा भिरबाट लडेर घर्तीको मृत्यु भएको स्थानियले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *