प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बरालको स्वागत

महेन्द्रराज सिंह, काठमाडौं २०७४ जेठ ७ । नेपाल सरकारद्वारा २०७४ जेठ ४ गते नियुक्त प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बराललाई आज एक कार्यक्रमबीच स्वागत गरियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने कुरामा जोड दिए भने प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले, भने– काउन्सिल अहिले नयाँ प्रविधियुक्त छ, उच्च ओहोदाका महानुभावहरु उजुरीका लागि आउनुभएको छ, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सम्वन्ध विस्तार गरेको छ, त्यसैले तथ्यहीन र सतही कुराका पछि नलागौ ।
प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले जनशक्ति व्यवस्थापन गर्दै काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउन जोड दिए ।
पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारी , लगायत काउन्सिल पदाधिकारी तथा कर्मचारीले पुष्पगुच्छा, खादा फूलमालाले स्वागत गरेका थिए।
आजै अध्यक्ष भवानीप्रसाद बरालले सपथग्रहण र पदबहाली गर्नुभई बिगतको समिक्षा गरी स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सो अवसरमा बरालले आफु आवद्ध संचारमाध्यमवाट राजीनामा दिई काउन्सिल प्रवेश गरेको बताउदै भने— म आजदेखि सबैको साझा भए, सबैको साथ र सल्लाहमा अघि बढ्नेछु ।
अध्यक्ष बरालसंग पत्रकारिता क्षेत्रको लामो अनुभव रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *