साताको तस्वीर : कोदालीवाली !

बागलुङ जिल्लाको जीवनशैली विविधतापूर्ण छ । सडक यातातातको विकास र सन्चारमा आएका परिवर्तनले जिल्लाको सदरमुकाम, हाटबजारमा मात्र नभएर दूरदराजको जीवन शैलीमा पनि उल्लेख्य परिवर्तन आएको छ ।

हाम्रा फोटो संपादक किरण आचार्यले खिचेको बागलुङ जिल्लाको दक्षिण जैमिनी नगरपालिकाको साबिक जैदी गाविसकी एक युवती दाहिने हातमा कोदाली लिएर जमीन खन्दै र देब्रे हातले मोबाईल कानमा जोडेर कुरा गर्दै गरेको तस्वीरले यसै कुरालाई ईँगित गरेको छ । यिनलाई मोबाईलवाली भनेर चिनौँ कि कोदालीवाली भनेर बोलाउँ ?

जैदीमै परम्परादेखीको लुगाफाटो सिउने बालीघरे प्रथालाई ७० वर्ष उमेर काटेका यी जेष्ठ नागरिकले निरन्तरता दिईरहेका छन् । उनले सहकर्मी आचार्यसंग भने, ‘अब म पछी कोही छैनन् गाउँ घरमा ….।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *