यसकारण प्रहरी मेरो साथी…

बागलुङ २०७४ जेठ ७ । स्थानीय निर्वाचनमा विजय पश्चात निकालिएको विजय यालीमा प्रहरीलेले सुनको औँठी फेला पारेर सम्वन्धित व्यक्तिलाई बुझाएको समाचार चर्चामा छ ।

यो भन्दा केहि वर्ष पहिलेपनि पेन्सन बुझेर म्याग्दी घर फर्कदै गरेका एक पेन्सनरले बागलुङ बजारको शिवधाराचौकमा खसालेको २७ हजार रुपयाँ घुमुवा प्रहरी (पूर्ण ढुंगाना)ले फेला पारेर जिल्ला प्रहरी कार्यालय बागलुङमा लगेर बुझाएका थिए र पछी पेन्सनर पत्ता लगाएर प्रहरीले उनलाई फिर्ता गरिदिएको थियो ।

छिमेकी मुलुकको सेनामा भर्ती भएर पेन्सनमा निस्केका म्याग्दीका ती भूपू सैनिकलाई हराएको नगद प्रहरीले फेला पारेर फिर्ता गरिदिँदा प्रहरी प्रति उनको हृदयमा पलाएको श्रद्धा र विश्वास कसैले भन्दैमा विचलित होला ?

त्यस्तै जुलसमा घुम्दा हराएको सुनको औठी प्रहरीले फेला पारेर खोजी खोजी आफुलाई फिर्ता गरिदिँदा बागलुङ बजार निवासी निर्मलबहादुर श्रेष्ठले प्रहरी मेरो साथी नभनी सुख छ ?

छैन ।

न ती पेन्सनरको प्रहरी प्रतिको विश्वास डगमगिन्छ, न श्रेष्ठलाई प्रहरी मेरो साथी नभनी सुख छ । यस्ता कृयाकलापले प्रहरीको विश्वसनीयता र ईमान्दारिता बढ्ने निश्चित छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *