गल्कोट नगरपालिका ७ र ११ मा मतदाता धन्यवाद कार्यक्रम

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ ७ । स्थानिय तहको निर्वाचनमा विजयी भएका नेकपा माओवादी केन्द्रका विजयी उमेदवारलाई गलकोट नगरपालिका ७ सानोखोला र साहानीडाडामा स्थानियले स्वागत गरेका छन ।

स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा विजयी उमेदवारहरुलाई फूल माला तथा अविरद्वारा बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको तर्फबाट नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, सदस्यहरु पदमा नेपाली, लोक बहादुर थापा र दल बहादुर थापाले जनताले प्रदान गरेको अमुल्य मतको कदर गर्दै समग्र वडाको विकास र सम्वृद्विको लागी आफूहरु सदैव प्रतिवद्व रहने बताएका छन ।

सो अवसरमा विजयी उमेदवारलाई केहरसिंह थापा र मञ्जु केसीले बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा समाजसेवी, बुद्विजीवी, महिला समुह, शुभेच्छुक लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै गल्कोट नगरपालिका ११ रिघामा पनि नेकपा माओवादी केन्द्रले मतदाता धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माओवादी केन्द्रका गलकोट नगरपालिकाका मेयरका प्रत्यासी फमलाल निउरे, वडा अध्यक्षका प्रत्यासी नरबहादुर घर्ती, गलकोट नगर कमिटिका उपाध्यक्ष गंगा भुजेल, माओवादी केन्द्रका झबिलाल चालिसे, नारायण घर्ती, एसिया सिङजाली, कबिराज बसेल र सरिता नेपालीले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

बालज्योति प्राथमिक विद्यालय रिघामा आयोजित कार्यक्रम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष टंक खरेलको अध्यक्षता र पूर्ण राकसकोटीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *