हामीले नगरवासीको मत जित्न सकेनौ तर मन जितेका छौँ : श्रेष्ठ तथा शर्मा

बागलुङ २०७४ जेठ ७ । नेपाली काँग्रेसबाट बागलुङ नगरपालिकाका मेयर तथा उपमेयरका उमेद्वार बसन्तकुमार श्रेष्ठ र सकुन्तला शर्माले पराजय पश्चात भनेका छन् हामीले नगरवासीको मत जित्न सकेनौ तर मन जितेका छौँ ।

शनिवार एक विज्ञप्ती प्रकाशित गर्दै उनिहरुले, ‘निर्वाचनमा हामी मात्र पराजय भयौँ तर सम्वृद्ध बागलुङ निर्माण गर्ने हाम्रो योजना, सपना र अभियान पराजय भएको छैन । नेपाली काँग्रेसको आस्था र सिद्धान्तबाट कत्तिपनि विचलित भएका छैनौँ, हामी सम्पूर्ण नगरवासीहरुको सुख दुखमा सँगै रहेका छौँ’ भनेका छन् ।

विज्ञप्तीमा, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रयत्नशील कर्मचारी, सुरक्षा निकाय, सन्चारकर्मीहरुप्रति विशेष आभार व्यक्त गरिएको छ ।

विज्ञप्तीको अन्तमा, नवनिर्वाचित मेयर जनक पौडेल र उपमेयर सुरेन्द्र खड्का तथा सम्पूर्ण वडाध्यक्ष एवं सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हामी सबैको साझा परिकल्पना सम्बृद्ध बागलुङ निर्माणको अभियानमा सदा साथ रहने प्रतिवद्धता व्यक्त गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *