जिल्लाका सबै स्थानमा मतगणना सम्पन्न

कोपिला कंडेल, बागलुङ २०७४ जेठ ५ । स्थानिय तहको निर्वाचन अन्र्तगत बागलुङका ४ नगरपालिका सहित ६ वटै गाउंपालिकाको मत गणना कार्यक्रम सम्पन्न भएको छ । जसअन्र्तगत काङ्गेसले गल्कोट नगरपालिका, र जैमुनी नगरपालिका गरी दुई नगरपालिका तमानखोला गाउंपालिका र निसी गाउंपालिका गरी ३ क्षेत्रमा बिजयी हासिल गरेको छ भने एमालेले बागलुङ्ग नगरपालिकामा मेयर, ढोरपाटन नगरपालिका, बडीगाड गाउंपालिकामा मेयर र काठेखोला गाउंपलिकामा मेयर गरी चार क्षेत्रमा बिजयी बनेको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले बरेङ्ग गाउंपालिका र माओबादी केन्द्रले ताराखोला गाउंपालिका जितेको छ । तर गाउंपालिका र नगरपालिकाका वडाहरुमा भने मिश्रित परिणाम आएको छ ।

जिल्लाको सबै भन्दा प्रमुख नगरपालिका बागलुङ्ग नगरपालिकामा एमाले राप्रपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले शानदार जित हासिल गरेको छ । ३ पार्टी बिचको गठबन्धनबाट मेयरका उम्मेद्वार बनेका एमालेका जनक पौडेल बिजय भएका हुन् । त्यसैगरी उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले विजय प्राप्त गरेका छन् ।

यता ढोरपाटन नगरपालिकामा पनि नेकपा एमालेले प्रमुख र उपप्रमुख पदमा एमालेले बिजयी हासिल गरेको छ । एमालेका उम्मेद्वार देब कुमार नेपालीले मेयर र एमालेकै करमती पुनले विजय प्राप्त गरेका छन् ।

त्यसैगरी काठेखोला र बडगाड गाउंपालिका पनि एमालेले जितेको छ । काठेखोला गाउंपालिकामा नेकपा एमाले माओबादी केन्द्र राष्ट्रिय जनमोर्चा र राप्रपा बिच तालमेल भएको थियो भने नेपाली काङ्गेसले एक्लै प्रतिस्पर्धा गरेको थियो । ४ राजनितिक शक्तिबाट संयुक्त उम्मेद्वार अमर बहादुर थापा, उपप्रमुख पदमा पनि बामपन्थी र राप्रपा गठबन्धनकै राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री बिजयी भएका छन् ।

यसैबिच बडीगाड गाउपालिकामा एमाले र माओबादी केन्द्रबिच तालमेल भएको थियो । बडीगाड गाउपालिकामा एमालेका मेहरसिहं पाईजा र उपप्रमुखमा नेपाली काँग्रेसका अम्मर बहादुर श्रीस बिजयी भएका छन् ।

त्यसैगरी जिल्लाको गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, तमानखोला गाउंपालिका र निसीखोला गाउंपालिकामा नेपाली काङ्गेस बिजयी बनेको छ । गल्कोट नगरपालिकामा नेपाली काँग्रेसका भरत शर्मा गैरे र रेनुका काउचा मगर क्रमश मेयर र उपमेयरमा निर्वाचित भएका छन् ।

यता जैमिनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका ईन्द्रराज पौडेल र उपमेयरमा एमालेका लिलबहादुर राना बिजयी भएका छन् ।

त्यसैगरी निसीखोला गाउंपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका तारानाथ शर्मा र शोभाकुमारी कार्की विजयी भएका छन् ।

उता तमानखोला गाउपालिकामा नेपाली काँगेसका जोकलाल बुढा प्रमुख र मानशरी शेरचन उपप्रमुखमा विजयी भएका छन् ।
यसैबिच बरेङ्ग गाउंपालिका राष्ट्रिय जनमोर्चाले जितेको छ । बरेङ्ग गाउंपालिकामा प्रमुखमा नेकपा एमाले तथा राष्टिय जनमोर्चा को संयुतm प्यानलका उमेदबार कृष्ण प्रसाद शर्मा र उपप्रमुखमा डिल कुमारी पुन विजयी बनेका छन् ।

त्यसैगरी जिल्लाको ताराखोला गाउंपालिकामा भने नेकपा माओबादी केन्द्रले प्रमुख उपप्रमुख सहित सम्पुर्ण प्यानल जितेको छ । गाउंपालिका प्रमुखमा नेकपा माओबादी केन्द्रका प्रकाश घर्ति र उप प्रमुखमा डिलकुमारी पुन जितका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *