साताको तस्वीर : विजय जुलुस !

बागलुङ २०७४ जेठ ५ । बागलुङ जिल्लाका ४ नगरपालिका र ६ गाउपालिकाको निर्वाचन नतिजा सबै सार्वजनिक भएको छ । यतिबेला विजयी उमेदवारहरुलाई लिएर सम्वन्धित राजनीतिक दलका कार्यहरु विजय जुलुस निकाली रहेका छन् ।

बागलुङ जिल्लाका ४ नगरपालिकाहरु मध्य बागलुङ नगरपालिका वाम राप्रपा प्यानलले विजय गरेको छ भने ढोरपाटन नगरपालिकामा एमालेले विजयश्री प्राप्त गरेको छ ।

त्यस्तै गल्कोट र जैमिनी नगरपालिकामा नेपाली काँग्रेस विजय पाएको छ । जैमिनीको उपमेयरमा एमाले विजयी बनेको छ ।

तमानखोला र निसीखोला गाउपालिका नेपाली काँग्रेस, काठेखोला र बडीगाडमा एमाले, ताराखोलामा माओवादी केन्द्र र बरेङमा राष्ट्रिय जनमोर्चा चुनाव जितेको छ । बडीगाडमा उपमेयरमा नेपाली काँग्रेसले चुनाव जितेको छ ।

यहाँ बागलुङ नगरपालिकाको विजय जुलुसका केहि तस्वीरहरु प्रस्तुत गरिएको छ ।
तस्वीर : संझना तामाङ/दीपा पाण्डे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *